Suvadin, Home
मधेसी मोर्चासहितको संघीय गठबन्धनले सर्वोच्च अदालतको आदेशले संविधान संशोधन गर्न दलहरुलाई बाध्य बनाएको जनाएको छ। संघीय गठबन्धनको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको आदेशलाई आफू अनुकूल व्याख्या गर्दै अब संविधान संशोधन गर्न दलहरु बाध्य हुने प्रतिक्रिया दिएको हो।
मोर्चा नेता यादव।

काठमाडौं, पुस २०


मधेसी मोर्चासहितको संघीय गठबन्धनले सर्वोच्च अदालतको आदेशले संविधान संशोधन गर्न दलहरुलाई बाध्य बनाएको जनाएको छ। संघीय गठबन्धनको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको आदेशलाई आफू अनुकूल व्याख्या गर्दै अब संविधान संशोधन गर्न दलहरु बाध्य हुने प्रतिक्रिया दिएको हो।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकमा गठबन्धनमा आबद्ध दलका नेताहरुले सर्वोच्च अदालतको आदेश संविधान संशोधन गर्ने थलो संसद नै रहेको आशयका साथ आएकाले अब संविधान संशोधन गर्न दलहरुलाई बाध्य बनाएको टिप्पणी गरेका थिए।

अदालतले संविधान संशोधन गर्ने थलो संसद नै भएको भन्ने आशयका साथ आदेश दिएकाले सोही अनुसार अघि बढ्न सबै दल बाध्य हुने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। बैठकले संविधान संशोधन परिमार्जनसहित पारित गरेर सबै समुदायको मागलाई सम्बोधन गर्न सबै दल लाग्नुपर्ने अडान पनि दोहोर्याएको छ ।

संघीय गठबन्धनले मुआब्जा नदिई सडक विस्तारको काम नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। व्यक्तिको सम्पत्तिमाथिको अधिकार राज्यले हनन् गर्न नहुने उल्लेख गर्दै गठबन्धनले मुआब्जाको व्यवस्था नगरी सडक विस्तारको काम गर्न नहुने धारणा सार्वजनिक गरेको हो।

सरकारले मुआब्जा नै नदिई सडक विस्तारको काम थालेको भन्दै बुधबार उपत्यका बन्द आह्वान गरिएको थियो। संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए निर्वाचन हुनै नदिने जिकिर गर्दै आएको छ।

उसले संसदलाई अवरोध गरेर विपक्षी एमालेसहितका दलहरुले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप पनि लगाउँदै आएको छ।


 

More form the Internet

loading...