Suvadin, Home

वैशाखमै निर्वाचन गर्न मोर्चा सहमत

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आगामी वैशाखभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने संविधान संशोधन प्रस्तावलाई व्यवस्थापिका संसदमा पेश गर्न सहमत भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार माओवादी केन्द्रसँग भएको भेटमा मोर्चाले यथास्थितिमा संशोधन प्रस्ताव संसदमा पेश गर्न सहमति जनाएको हो।
माेर्चा नेता उपेन्द्र यादव।

काठमाडौं, पुस १६


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आगामी वैशाखभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने संविधान संशोधन प्रस्तावलाई व्यवस्थापिका संसदमा पेश गर्न सहमत भएको छ। प्रधानमन्त्रीको

सरकारी निवास बालुवाटारमा शनिबार माओवादी केन्द्रसँग भएको भेटमा मोर्चाले यथास्थितिमा संशोधन प्रस्ताव संसदमा पेश गर्न सहमति जनाएको हो।

बैठकमा मधेसी मोर्चाले वैशाखभित्रै स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जानेगरी संशोधन विधेयक प्रस्ताव दर्ता गर्न सहमति जनाएको हो।

संसदमा दर्ता संशोधन प्रस्तावअघि बढाएर निर्वाचन सम्बन्धी कार्यतालिका निश्चित गर्ने समझदारी पनि बैठकमा भएको छ।

बैठकपछि सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनको प्रस्ताव पेश गरी पारित गर्ने प्रक्रियामा लैजाने गरी सहमति गरेको जानकारी दिएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले संविधान संशोधन गरी तीनै तहको निर्वाचन समयमै गर्ने गरी मोर्चासँग सहमति भएको बताएका छन्।

यसअघि मोर्चाले शुक्रबार सत्ता साझेदार कांग्रेससँग भेटी संविधान संशोधन प्रस्ताव विधेयक संसदमा टेबल गर्न सहमति जनाएको थियो।

बैठकमा मधेसी मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतका सहभागी थिए।

संघीय समाजवादी फोरम नेपालले संशोधन विधेयकमा पनि थप संशोधन गर्नुपर्ने अडान छोडेको छैन।


 

More form the Internet

loading...