Suvadin, Home

नेत्रबिक्रम चन्द विप्लव माेष्ट वाण्टेड !

नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माेष्ट वाण्टेडकाे सूचीमा राखेकाे छ। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यैपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचीमा रहेको बताएका हुन्।
नेत्रबिक्रम चन्द।

काठामाडाैं, मंसिर २० – नेपाल प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई माेष्ट वाण्टेडकाे सूचीमा राखेकाे छ।

बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्यैपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचीमा रहेको बताएका हुन्।

निर्वाचनमा सुरक्षा सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको बताएका छन्।

पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ। प्रहरीको निगरानीपछि विप्लव  सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। 

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेकपाका ६ सय र सिके राउत समूहका १३ जना तथा अन्य ३ सय ४४ जना छन्।


 

More form the Internet

loading...