Suvadin, Home

कांग्रेस तीन तथा एमाले र स्वतन्त्र एक-एक तहमा विजयी
मुस्ताङका सबै तहको मतपरीणाम सार्वजनिक

सार्वजनिक मतपरीणाम अनुसार तीन वटा स्थानीय तहमा कांग्रेसले विजयी हासिल गरेको छ। एमालेले एउटा स्थानीय तहमा जित हात पार्दा एक स्वतन्त्र उम्मेदवारले पनि अध्यक्षमा बाजी मारेका छन्।
फाइल फाेटाे।

काठमाडाैं, जेठ २–पाँच वटा स्थानीय तह रहेको मुस्ताङमा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार तीन वटा स्थानीय तहमा कांग्रेसले विजयी हासिल गरेको छ। एमालेले एउटा स्थानीय तहमा जित हात पार्दा एक स्वतन्त्र उम्मेदवारले पनि अध्रजी मारेका छन्।

कांग्रेसले थासाङ, बाह्गाउँ मुक्तिक्षेत्र र  लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा विजयी भएको हो। थासाङको अध्यक्षमा कांग्रेसका बुद्धिप्रसाद शेरचन विजयी भएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै बालकुमारी शेरचन विजयी भएकी छन्।वडा अध्यक्ष र सदस्यमा भने कांग्रेस, एमाले र माओवादी केन्द्रको मिश्रित परीणाम आएको निर्वाचन अधिकृत रामचन्द्र खड्काले जानकारी दिए।

बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेसका धारा गुरुङ विजयी भएका छन्। उनले  एमालेका रमेश गुरुङलाई पराजित गरे। यहाँ माओवादी केन्द्रको उम्मेदवार थिएनन्। उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ विजयी भएकी छिन् । पाँच वटा वडामध्ये कांग्रेसले तीन र एमालेले दुई वटा वडाका अध्यक्ष जितेका छन्।

लोमान्थाङमा पनि कांग्रेसका सुबर्णकुमार विष्ट अध्यक्षमा विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्ट र माओवादी केन्द्रका घुर्मीवाङदेल विष्टले पराजित गरेको निर्वाचन अधिकृत चिरन्जीवी पौडेलले जानकारी दिए। एमालेले भने अध्यक्षमा उम्मेदवार उठाएका थिएन । 

उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा विष्ट विजयी भएकी छन्।

सदरमुकाम जोमसोम रहेकाे घरपझोङमा भने एमालेले अध्यक्षसहित बहुमत हासिल गरेको छ। घरपझोङ गाउँपालिकामा एमालेका आसबहादुर थकाली अध्यक्षमा विजयी भएका छन्। उनले कांग्रेसका विजय हिराचन, माओवादी केन्द्रका दीनेशलाल थकाली र कांग्रेसकै अर्का बागी उम्मेदवार स्वतन्त्र महेन्द्र थकालीलाई हराएका हुन्।

उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ विजयी भइन्।

दालोमे गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार राजु विष्ट विजयी भएका छन्।विष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढी मत ल्याए।  विष्टले सात सय ५५ र गुरुङले दुई सय तीन मत प्राप्त गरेका छन्। राजु कांग्रेसकै बागी उम्मेदवार हुन्।
 एमालेले भने अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन। राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन्। 

उपाध्यक्षमा एमालेकी ढोका गुरुङ विजयी भइन्। 
 


 

More form the Internet

loading...