मुगुमा वाम गठबन्धनका बम विजयी
मुगु, मंसिर २२ – मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गरेका छन्।
मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी भएका छन्।
त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ ।
यसैगरी, म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी भएका छन्। प्रदेशसभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका बिनोद केसी र एमालेकी नरदेवी पुन निर्वाचित भएका छन्।