Suvadin, Home

'सरकारले कार्यकर्ता पोस्ने बाहेक महाविर पुनको जत्तिको पनि काम गर्न सकेन'

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन्।

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन्।

देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको प्रयाप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको बताएका छन्। उनले सरकारले गर्न नसकेको काम एक्लो व्यक्ति महाबीर पुनले गरिरहेको बताए। 

'महाबीर पुन नेतृत्वको आविष्कार केन्द्रले आर्थिक संकटका बीच आफ्नै नीजी तहतबाट भेन्टिलेटर, पिपिईलगायतका आवश्यक उकरणहरू सकेसम्म निर्माण गर्ने र निःशुल्क रुपमा दिने गरिरहेका छन्। तर, सरकारको कुनै प्रभावकारी कदम चाल्न सकेको छैन', नेता महरले भने।

यसै, बीचमा ठूलो अनियमितता सरकार कृयाशील रहेको आरोप खेपी रहेको सरकारले सुकुम्बासी लगात बिभिन्न आयोग बनाएर कार्यकर्ता पोस्दै राष्ट्रिय ढुकुटिमा रजाइ गरिरहेको आरोप लगाए।
 
'कार्यकर्ता पोस्नेभन्दा पनि संकटको समयमा जनताको जीवन बचाउने कुरा ठूलो हो। त्यसैले नेकपाका नेता कार्यकर्ताको भरपोषणका लागी छुट्याइएको अर्बौं रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगाउने र पुनको आविष्कार केन्द्रलाई आवश्यक पर्ने करोडौं रकम उपलब्ध गराउनु जरुरी छ', उनले भने।


 

More form the Internet

loading...