Suvadin, Home

विश्वमा नयाँ युद्धको संकेत देखिएकाे छः नारायणमान बिजुक्छे

बिजुक्छेले अमेरिकाले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्तले अझै चर्काे स्वरूप लिने अनुमान गर्न सकिने बताएका छन्
नारायणमान विजुक्छे।

काठमाडाैं, १६ पुस – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको संकेत देखिएकाे बताएका छन्। बिजुक्छेले संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकाेमा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताएका हुन्।

बिजुक्छेले अमेरिकाले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्तले अझै चर्काे स्वरूप लिने अनुमान गर्न सकिने बताएका छन्। नेमकिपाका केन्द्रीय सचिव एवम् नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा एमाले नेपाली कांग्रेसकै बाटामा हिँडेकाले क्रान्तिकारी हुन नसक्ने बताएका छन्। 

नेपाल क्रान्तिकारी सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष एवम् प्रदेश सभाका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसार्इंले माओको क्रान्तिको बाटाेमा हिडेर चीन प्रगतिकाे पाइला लम्काएर विश्वलार्इ चकित बनाएकाे छ। र,यसबाट विश्वका जनता लाभान्वित हुने आशा व्यक्त गरेका छन्।

गोसार्इंले समाजवादी क्रान्तिको महत्वमाथि प्रकाश पार्दै यस विषयमा सबै दलकाे ध्यानाकर्षण गर्नुपर्ने बताएका छन्।


 

More form the Internet

loading...