Suvadin, Home

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता, नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रष्टोक्ति

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक बिदाई गरेका छन्। प्रधानमन्त्री मोदी एयर इण्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडाैं आएको थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।

काठमाडौं, २९ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक बिदाई गरेका छन्। 

प्रधानमन्त्री मोदी एयर इण्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडाैं आएको थिए। नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए।

काठमाडाैंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। मोदी साथै दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए।

नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडाैंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो। भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हो।

भारतीय प्रधानमन्त्री मोदीको विदाईका लागि परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विमानस्थल भएका थिए।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन्।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका हुन्। 

प्रधानमन्त्री मोदीले भने, 'नेपालको खुशी भारतको खुशी हो। नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ।'

उनले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पारेका छन्।


 

More form the Internet

loading...