Suvadin, Home

सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्। प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रधान कार्यालय हाजिर हुँदैछन्। प्रहरी प्रधान कार्यालयले कार्यकाल पूरा गरेका महानिरीक्षक अर्यालको बिदाइ गर्दैछ। उनी सँगसँगै १० जना एआईजी र तीन डीआईजी एकैचोटी बिदा हुँदैछन्। प्राविधिकतर्फ प्रहरी अस्पतालका एआईजी दिनेशचन्द पोखरेल बाँकी रहने छन्। प्राविधिकलाई निमित्त दिइने परम्परा नरहेका कारण वरिष्ठ डीआईजी नै निमिक्त पद सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
नवराज सिलवाल।

काठमाडौं, फागुन १ - उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्।

प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रधान कार्यालय हाजिर हुँदैछन्। प्रहरी प्रधान कार्यालयले कार्यकाल पूरा गरेका महानिरीक्षक अर्यालको बिदाइ गर्दैछ।

उनी सँगसँगै १० जना एआईजी र तीन डीआईजी एकैचोटी बिदा हुँदैछन्। प्राविधिकतर्फ प्रहरी अस्पतालका एआईजी दिनेशचन्द्र पोखरेल बाँकी रहने छन्। प्राविधिकलाई निमित्त दिइने परम्परा नरहेका कारण वरिष्ठ डीआईजी नै निमिक्त पद सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

‘प्रहरी ऐन नियमावलीअनुसार तोकिने भएकाले अहिले को निमित्त भनेर हामी भन्न सक्दैनौं,’ प्रहरी प्रवक्ता ठाकुर ज्ञवालीले भने।  

सर्वोच्च अदालतले मन्त्रिपरिषदले महानिरीक्षक नियुक्त गरेका डीआईजी जयबहादुर चन्दलाई तत्काल बढुवाको निर्णय कार्यान्वयन नगर्न/नगराउन आदेश दिएपछि रिटायर्ड महानिरीक्षक अर्यालले प्रहरी नियमावलीअनुसार सिलवाल निमित्त पद सुम्पने छन्। ‘महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगराउनु भनिसकेपछि सो पद सम्हाल्न प्रहरी नियमावलीअनुसार योग्य व्यक्ति निमित्त भएर आउने छन्,’ प्रधान कार्यालय स्रोतले भन्यो। 

प्रहरी नियमावली २०७१, ४६ को कायममुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्थाको नियम ७ अनुसार सिलवालले निमित्त प्रहरी महानिरीक्षकको पद सम्हाल्ने छन्। नियम ७ मा भनिएको छ, ‘यस नियम बमोजिम कायम मुकायम मुकरर नगरिएको वा कार्यवाहक नतोकिएको अवस्थामा एक महिनामा ननाघ्ने गरी कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीले सो पदको निमित्त भई काम गर्नेछ। यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी कर्मचारीको हुनेछ।’ ४६ कै नियम ८ अनुसार कायम मुकायम, कार्यबाहक वा निमित्त भई काम गर्ने प्रहरी कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलब भत्ता र रासन सुविधा पाउने उल्लेख छ। 

नियम ४१ अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकहरूमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा महानिरीक्षक गर्नुपर्ने व्यवस्था छ। तर, त्यसविपरीत गएर कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा सरकारले चन्दलाई नियुक्त गरेको थियो। 

वरिष्ठता, योग्यता, कार्यक्षमताका हिसाबले सबैभन्दा सिनियर हुँदाहुँदै तेस्रो वरियताका चन्दलाई राजनीतिक दबाबमा नियुक्त गरेपछि सिलवाल अदालत गएका छन्। उनको रिटमा सोमबार सुनुवाइ हुँदैछ। 

महानिरीक्षक अर्यालसँगै रहेका सबै एआईजीले पनि बिदा पाउने भएका कारण सोमबारबाट महानिरीक्षकसँगै एआईजीहरूको कुर्सी पनि खाली हुनेछ। सोमबार प्रहरी प्रधान कार्यालयले महानिरीक्षक अर्याल र एघार एआईजीहरू तथा तीन डिआइजीहरूको सामूहिक बिदाइ गर्ने कार्यक्रम राखेको छ। 

सरकारले पहिलो वरियता क्रममा रहेका सिलवाललाई छोडेर तेस्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्ति निर्णय गरेको थियो। त्यसविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। ७४ हजार दरबन्दी रहेको प्रहरीमा नेतृत्वसहित वरिष्ठ प्रहरी अधिकारीहरू एकैचोटी बिदाइ हुने भएकाले सरकारलाई पदपूर्तिका लागि दबाब पनि परेको छ। 

यो पनि हेर्नुहोस्

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’

प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा


 

More form the Internet

loading...