Suvadin, Home

डिआइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।
डिआइजी नवराज सिलवाल।

काठमाडाैं, वैशाख ११ - नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।

उनीमाथि कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप  लगाइएको छ। छानविन समितिले बयानमा बोलाउँदा सिलवाल नगएको अाराेप लगाइएको छ। 

प्रहरी प्रधान कार्यालयले भने उनलाई पक्राउ नभर्इ बयानका लागि ल्याइएको बताएको छ। ‘केही कुरा सोध्नुपर्ने भएकाले उहाँलाई ल्याइएको हो। वकिलसहित जान्छु भनेपछि वकिललाई पनि साथै ल्याइएको हो,’ प्रहरी प्रवक्ता सर्वे

डिआइजी सिलवालले आफूलाई के कति कारणले ल्याइएको हो जानकारी नभएको प्रतिक्रिया दिए।
 


 

More form the Internet

loading...