Suvadin, Home

Cover Image

अदालतले भन्यो, ‘विचाराधीन मुद्दा प्रभावित पर्ने देखियो’
डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालाई तुरुन्त थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो। सोमबार बिहान प्रहरीले अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालय लगिएका सिलवाललाई सर्वोच्च अदालतका रजिस्ट्रार र अधिवक्ता थापाको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको छ। 
नवराज सिलवाल।

काठमाडौं, वैशाख ११- सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालाई तुरुन्त थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो। 

सोमबार बिहान प्रहरीले अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालय लगिएका सिलवाललाई सर्वोच्च अदालतका रजिस्ट्रार र अधिवक्ता थापाको रोहवरमा थुनामुक्त गर्न आदेश दिएको छ। 

प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएपछि बदर गर्न माग गर्दै रिट दायर गरेका सिलवालमाथि छानविन गर्नुपर्ने भन्दै मन्त्रिपरिषदको निर्णयको हवाला दिएर प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिनेवित्तिकै उनका वारेस पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

सो मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकलाई पक्राउ गरेर बन्दी बनाउँदा कानुनी उपचारबाट बञ्चित हुने तथा मुद्दामै प्रभाव पार्ने भएकाले तुरून्त रिहा गर्न अादेश दिइएको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डिआइजी नवराज सिलवालाई समात्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले नक्कली कार्यसम्पादन मूल्यांकन पेशेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सर्वोच्चमा रिट हालेपछि सिलवालाई समात्न मन्त्रिपरिषद बैठकमा छलफल भएको बुझिएको छ। 

प्रहरी प्रधान कार्यालयले मन्त्रिपरिषदको आदेशमा सिलवालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले मन्त्रिपरिषदको निर्णयको आधारमा केही कुरा सोधपुछ गर्न बोलाइएको बताए। यद्यपि, उनलाई पक्राउ नगरेको उनले बताए।

वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई समात्न प्रहरी पुगेको थियो। कानुन व्यवसायीसाथ मात्र आफू जाने बताएपछि अधिवक्ता थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको खनालले बताए। 

यो पनि हेर्नुहोस्

नवराज सिलवाललाई रोक्न मन्त्रिपरिषदमा ‘नक्कली कार्यसम्पादन फाइल’

गत चैत ८ गते सर्वोच्च अदालतको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकन सबै हेर्दा नवराज सिलवाल नै अगाडि रहेको भन्दै सोही अनुरुप प्रहरी महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको थियो। तर, सरकारले दोस्रो वरियताका प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ति गरेको थियो। 

उनलाई महानिरीक्षक नियुक्ति गर्नेक्रममा सरकारले कीर्ते फाइल खडा गरेको प्रमाणसहित उनी पुनः अदालत गएपछि मन्त्रिपरिषद हच्केको थियो। मन्त्रिपरिषद बैठकमा सिलवालले कीर्ते गरेको आरोप लगाइएको थियो। 

सिलवालले अर्यालको नियुक्ति बदर माग गर्दै आफूलाई महानिरीक्षक बनाउन भनी दिएको निवेदन अदालतमा विचाराधीन छ। सर्वोच्चले वैशाख १९ गते सो निवेदनउपर अन्तिम निर्णयका लागि पूर्ण इजलास बोलाएको छ।


 

More form the Internet

loading...