Suvadin, Home

Cover Image

नवलपरासीमा यात्रुबाहक बसमा आगजनी

नवलपरासीको दाउन्नेमा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको  ना ६ ख ८४५३ नम्बरको बसमा आज बिहान ५ बजेतिर आगजनी भएको नवलपरासी प्रहरीले जनाएको छ ।

नवलपरासी । नवलपरासीको दाउन्नेमा एक यात्रुबाहक बसमा आगजनी गरिएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको  ना ६ ख ८४५३ नम्बरको बसमा आज बिहान ५ बजेतिर आगजनी भएको नवलपरासी प्रहरीले जनाएको छ ।

बर्दघाट नगरपालिका ४ को खुर्सानीखोला नजिकै बसमा आगजनी गरिएको र बसको माथिल्लो भाग पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । बसमा यात्रु सकुसल छन् ।

बसका चालक र सहचालक फरार छन् । बसमा गाडी धनीसमेत सवार रहेको र हाल उनी नवलपरासी प्रहरीको सम्पर्कमा रहेको ट्राफिक प्रहरी कार्यलय नवलपरासीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक युवराज भण्डारीका अनुसार गाडीधनीले  बसको इन्जिनमा खराबी आएका कारण आगो लागेको भन्ने प्रारम्भिक बयान प्रहरीलाई दिएका छन् । गाडीमा सवार यात्रुलाइ भने पहिल्यै बाहिर निकालेर अर्को बसमा काठमाडौं पठाएको बताइएको छ । प्रहरीले थप अनुशन्धान गरिरहेको जनाएको छ ।


 

More form the Internet

loading...