Suvadin, Home

नयाँ शक्ति फुटको संघारमा, पाैडेलले बनाए ध्रुवीकरण समिति 

डा. बाबुराम भट्टरार्इ नेतृत्वकाे नयाँ शक्ति पार्टी फुटको संघारमा पुगेको छ। नयाँ शक्तिका नेता  देवेन्द्र पौडेलकाे समूहले पार्टीबाट बाहिरिने संकेत गरेकाे हाे।  
नयाँ शक्तिका नेता देवेन्द्र पौडेल।

काठमाडौं, भदौ २ -  डा. बाबुराम भट्टरार्इ नेतृत्वकाे नयाँ शक्ति पार्टी फुटको संघारमा पुगेको छ। नयाँ शक्तिका नेता  देवेन्द्र पौडेलकाे समूहले पार्टीबाट बाहिरिने संकेत गरेकाे हाे।  

देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन भएकाे छ। पाैडेल समूहले शुक्रबार विज्ञप्ति जारी गरी छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन, घोषणा पत्र जारी गर्न माग गरेकाे छ।

पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका हुन्।  

पौडेल समूहले छुट्टै भेला गरेर पार्टी वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ।

ध्रविकरणको पक्षमा लाग्नेहरुमा पौडेलसँगै बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन्। साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान पनि यो समूहमा समुहमा थपिएका छन्।

केही दिनअघि पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेका गरेका थिए । त्यसपश्चात संयोजक भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण सोधेको केही दिनमै पौडेलसहितका असन्तुष्ट नेताहरुले धु्रविकरण समिति गठन गरेका हुन्। असन्तुष्ट पक्षधरहरुले हिजो गरेको निर्णअनुसार समिति गठन गर्दै जिम्मेवारी समेत बाँडफाँ गरिएको छ ।

समितिले निकट भविष्यमै राष्ट्रिय भेलाको आयोजना गरि नयाँ शक्ति नेपालको राजनैतिक कार्यदिशा सहितको प्रतिवेदन र घोषणा पत्र जारी गरिने प्रतिबद्धता जनाइएको छ ।


 

More form the Internet

loading...