Suvadin, Home

सात एजेण्डासहित नेकपा केन्द्रीय कमिटी बैठब आजदेखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज (बुधबार) सुरु हुँदै छ।

पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरूले भने पहिलोपटक धारणा राख्न पाउनेछन्।

राष्ट्रिय सभागृहमा बिहान ११ बजे उद्घाटन हुने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। 

उनका अनुसार बुधबारै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्।

उद्घाटन सत्र मिडियाका लागि खुला रहने प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत जानकारी दिएका छन्। उनका अनुसार,

यी हुन् बैठकका एजेन्डा

१. सहिदहरूप्रति श्रद्धाञ्जलि

२. बैठकको उद्घाटन र उद्घाटन मन्तव्य (प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली)

३. राजनीतिक प्रतिवेदन प्रस्तुति (अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड)

४. संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुति (महासचिव विष्णुप्रसाद पौडेल)

५‍‍. सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामको रिपोर्टिङ

६. समसामयिक प्रस्तावहरूको प्रस्तुति र,

७. विविध 


 

More form the Internet

loading...