Suvadin, Home

पोलिटब्युरोको सूचीप्रति नेकपामा विवाद : सचिवालय बैठक स्थगित, पूर्वमाओवादीमा सकस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमाथि प्रस्तावित पोलिटब्युरो सूचीको विषयमा विवाद चुलिएको छ । अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा तयार पारेको सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएका हुन् । दबाब झेल्न नसकेपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक शीर्ष नेताहरूबीच आवश्यक गृहकार्य पूरा भएपछि बस्ने गरी स्थगित भएको छ । 

पोलिटब्युरो चयनमा पूर्वएमालेमा भन्दा पूर्वमाओवादी समूहमा समस्या छ। सूची बाहिरिएपछि आकांक्षीहरूले दबाब बढाएको भन्दै अध्यक्ष प्रचण्डले आवश्यक गृहकार्यपछि मात्र पूर्वमाओवादीका तर्फबाट अर्को सूची पेस गर्ने भन्दै २ जेठको सचिवालय बैठकमा छलफल गर्न नसकिने बताएका थिए। 

पूर्वएमालेभित्र पनि केही युवा नेताहरूलाई नियतवश छुटाइएको आरोप खेप्नुपर्दा नेतृत्व उनीहरूलाई समेट्नुपर्ने दबाबमा छ। पूर्वएमालेका तर्फबाट प्रस्तावित सूचीमा वरिष्ठ नेता नेपालले राजेन्द्र राई र ठाकुर गैरेको नाममा अडान लिएका छन्। वरिष्ठ नेता नेपाल, सचिवालय सदस्यहरू रामबहादुर थापा बादल र विष्णु पौडेलसमेत बसेर अध्यक्ष ओली र प्रचण्डले पोलिटब्युरोको सूची गृहकार्य गरेका थिए। तर, उक्त सूचीबारे सचिवालय बैठकमै नेताहरूले प्रश्न उठाएपछि छलफल जनसंगठनको एकता टुंग्याउने एजेन्डातर्फ मोडिएको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सूची बाहिरिएपछि नेतृत्व दबाबमा परेको संकेत गर्दै संशोधित सूचीपछि मात्र छलफल हुन सक्ने बताए। 

प्रवक्ता नारायणकाजी श्रेष्ठ भन्छन् ‘अध्यक्ष प्रचण्डले पहिले तय भएको नाम होइन, अर्को नाममा मात्र छलफल हुन्छ भन्नुभएको छ। अबको बैठकमा अर्को सूची पेस भएमा मात्र पोलिटब्युरो टुंगो लगाउने एजेन्डामा छलफल हुन्छ, नत्र कार्यविभाजन र प्रवासी मञ्चको एकताबारे छलफल केन्द्रित हुन सक्छ।’

‘अध्यक्ष प्रचण्डले पहिले तय भएको नाम होइन, अर्को नाममा मात्र छलफल हुन्छ भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘अबको बैठकमा अर्को सूची पेस भएमा मात्र पोलिटब्युरो टुंगो लगाउने एजेन्डामा छलफल हुन्छ, नत्र कार्यविभाजन र प्रवासी मञ्चको एकताबारे छलफल केन्द्रित हुन सक्छ।’ नेकपाले आइतबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएको छ। 

 पूर्वमाओवादीमा सकस

पूर्वएमालेबाट साबिक पोलिटब्युरोबाहेक पाँचौँ महाधिवेशनयता केन्द्रीय सदस्य भएकाहरूमध्ये ‘सिनियर’लाई बनाउने मापदण्ड भएकाले समस्या छैन। तर, पूर्वमाओवादीभित्र भने पछिल्लो ९९ सदस्यीय सचिवालयबाट सूची छान्नुपर्ने भएकाले प्रचण्ड दबाबमा छन्। फुटेर गएको बादल समूहपछि एकीकरणमा आएको र नारायणकाजी श्रेष्ठको पनि छुट्टै समूह रहेकाले वरिष्ठताको आधारभन्दा दुवै समूहको सन्तुलन मिलाउनुपर्ने बाध्यता प्रचण्डलाई छ। चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ एक सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वएमालेले ८१ र माओवादी समूहले ६६ जनाको भागबन्डा गरिसकेका छन्। 


 

More form the Internet

loading...