Suvadin, Home

Cover Image

जनवर्गीय संगठनको जिम्मेवारी तोक्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको बैठक आज दिउँसो बस्दै छ । 

दिउँसो बस्ने सचिवालयक बैठकले जनवर्गिय संगठन, प्रवास जिम्मेवारीलाई अन्तिम टुङ्गो लगाउने छ । बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले नेकपाभित्रका अधिकांश विभागको टुङ्गो लगाएको थियो । शुक्रबारको बैठकमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वरियताको विषय उठाएपछि नेकपाभित्रको अन्तरिक राजनीति तरंगित भएको छ ।

खनालले एमाले हुँदा आफू निवर्तमान अध्यक्षको हैसियतामा वरिष्ठ नेता रहेको भन्दै नेकपामा तेस्रो वरियता पाउनुपर्ने माग गर्नुभएको थियो । उहाँको सो प्रस्तावलाई दुवै अध्यक्षहरुले समर्थन गर्नुभएको बताइएको छ ।

वरियताको विषयमा समेत आज बस्ने सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । हाल तेस्रो वरियतामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन् ।


 

More form the Internet

loading...