डडेलधुरामा ओली र प्रचण्डको पुत्ला दहन
डडेलधुरा । डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको हो ।
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा डडेलधुरामा ओली र प्रचण्डको पुतला दहन गरिएको बताइएको छ ।
उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आन्दोलनकारीको माग थियो ।
बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका युवाहरूले आक्रमण गरेका थिए । त्यसको विरोधमा कांग्रेसले सडकदेखि सदनसम्म विरोध जनाउँदै आएको छ ।