Suvadin, Home

तत्काल पक्राउ गर्न माग गर्दै सापकोटाविरुद्ध सर्वोच्चमा रिट 

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका उम्मेदवार तथा सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई तत्काल पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका उम्मेदवार तथा सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई तत्काल पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

व्यक्ति हत्या आरोपी सापकोटालाई सभामुख बनाउन लागेको भन्दै नेकपाको चर्को आलोचना भइरहेका बेला उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर भएको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्दै सापकोटालाई  तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गरिएको छ ।  माओवादी युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध परेका मुद्दा सर्वोच्चमा  विचाराधीन छ ।

व्यक्ति हत्या आरोपीलाई सभामुख बनाउन लागेको भन्दै नेकपा र सरकारको कडा आलोचना भइरहेका बेला उनीविरुद्ध रिट परेको हो । सभामुखमा उनको एकल उम्मेदवार परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । तर, औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको छ ।


 

More form the Internet

loading...