Suvadin, Home

Cover Image

राष्ट्रिय हितका आधारमा एमसीसीबारे निर्णय हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ एमसीसी सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखिने बताएका छन् ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ एमसीसी सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखिने बताएका छन् ।

मंगलबार प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसीसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने बताएका हुन् । गत पुस ७ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले निर्णयको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको थियो ।

श्रेष्ठले आफूले बागलुङको एक कार्यक्रममा ‘राष्ट्रिय हितका आधारमा त्यसबारे निर्णय हुन्छ’ भनेकामा ‘पारित हुन्छ’ भन्ने अर्थ लाग्ने गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरे बताउँदै आपत्ति जनाएका थिए । 

नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत व्यक्त भएको थियो । सरकारले उक्त सम्झौता सो रणनीतिको अङ्ग नभएकाले अनुमोदन हुने जनाउँदै आएएको छ तर नेकपा नेतृत्वकै सरकार भएकाले पार्टीको सचिवालय बैठकको निर्णयपछि मात्रै अनुमोदनको प्रस्ताव अघि बढ्ने देखिएको छ ।


 

More form the Internet

loading...