Suvadin, Home

Cover Image

समय अपुग भएको भन्दै एमसीसी अध्ययन कार्यदलले माग्यो थप समय

एमसीसीसम्बन्धी अध्ययन गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको  कार्यदलले समय अपुग भएको भन्दै थप समय मागेको छ । 

काठमाडौं । एमसीसीसम्बन्धी अध्ययन गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको  कार्यदलले समय अपुग भएको भन्दै थप समय मागेको छ । 

गत माघ १९ गते सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्र मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदललाई उक्त विषयमा अध्ययन गर्न दश दिनको समयसीमा दिइएको थियो । उक्त समयसीमा भोलि बुधवार सकिने भएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको कार्यदलको तेस्रो बैठकमा कार्यदलले काम गर्न नसकेकाले समयसीमा थप्ने विषयमा छलफल भएको थियो । 

९ दिन अध्ययनमै बितेको र प्रतिवेदन तयार गर्न थप समय लाग्ने भएकाले कार्यदलले पार्टीलाई समयसीमा थपिदिन आग्रह गर्न लागेको हो ।


 

More form the Internet

loading...