Suvadin, Home

नेकपाको चियापानमा एक लाखलाई बोलाइने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली दसैं, दीपावली, छट तथा नेपाल सम्बतको असरमा चियापान कार्यक्रम गर्ने भएको छ । नेकपाले चियापानमा एक लाख जनालाई निम्ता दिने समेत जनाएको छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली दसैं, दीपावली, छट तथा नेपाल सम्बतको असरमा चियापान कार्यक्रम गर्ने भएको छ । नेकपाले चियापानमा एक लाख जनालाई निम्ता दिने समेत जनाएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने लगायत तयारी गर्ने जनाएको छ । 

नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्ने भएको हो । 

चियापानमा कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक अंग, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई निम्ता गरिने नेकपाले जनाएको छ ।

तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना तथा चियापान कार्यक्रमलाई नेकपाले निरन्तरता दिँदै आएको छ ।


 

More form the Internet

loading...