Suvadin, Home

बैसाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने, वामदेवलाई प्रतिनिधिसभामा ल्याउने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको हो । 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको हो । 

बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने विषयमा समेत सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग बताए ।

त्यस्तै नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमा सामान्य छलफल भएको र यस वियमा माधवकुमार नेपालले नै असहमति जनाएको उनले बताए ।


 

More form the Internet

loading...