Suvadin, Home

नेकपाको स्थायी कमिटी बैठक स्थगित

अर्काे बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

काठमाडाैं, ८ पुस – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवार साँझ ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीले जनाएको छ ।

आइतवार बिहान ८ बजेदेखि ११ बजेसम्म बसेको स्थायी कमिटीको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले विवादित संस्था युपिएफले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बारे स्पष्टिकरण दिएका थिए ।

स्पष्टीकरण चित्त नबुझेको भन्दै केही स्थायी कमिटी सदस्यहरूले आपत्ति जनाएपछि बैठक निर्धारित समयभन्दा आधा घण्टा अगाडि नै सकिएको थियो ।

साँझ बस्ने भनिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको थियो । अर्काे बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 


 

More form the Internet

loading...