Suvadin, Home

नेकपा स्थायी समितिको बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

शनिबार अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ।

काठमाडौं, ७ पुस – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी छ।
 
पार्टी र सरकारको काम कार्वाहीबारे समीक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सूरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

शनिबारको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए। परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले भने आइतबार बोल्नेछन्।

शनिबार अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ।

आइतबारको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनेछन्। त्यसपछि यो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

नेकपा स्थायी समिति बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन्।

केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए। बैठकमा सरकारको काम कारबाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए।
 


 

More form the Internet

loading...