Suvadin, Home

Cover Image

दाङमा नेकपाकी विमलाकुमारी खत्री विजयी 

दाङ । दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाकीउमेदवार विमलाकुमारी खत्री विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका केशवराज शर्मालाई पराजित गरेकी हुन् । खत्रीले २४ हजार २८६ मत प्राप्त गरेकी थिइन् भने कांग्रेसका शमाले १९ हजार २८२ मत प्राप्त गरेका थिए ।

४५ हजार ७४५ मत खसेको उक्त क्षेत्रमा ७९७ मत बदर भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार खत्री वलीले ५ हजार एक सय ४ मतान्तरले चुनाव जितेकी हुन् ।  आइतबार साँझ सकिएको मतगणनाअनुसार वलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शर्माले  १९ हजार १ सय ८२ मत पाएका छन् ।
६८ हजार मतदाता रहेकाे याे क्षेत्रमा ४५ हजार ७ सय ४५ मत खसेको थयाे भने ७ सय ९७ वदर भएको थियाे । 

राप्रपाका भुपाल रावतले २ सय २५,राप्रपा संयुक्त छोटीलाल थारुले १ सय ३८, नेकपा मालेका हरिप्रसाद डांगीले १ एक सय ३ ,साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वर्णकारले ११, मङ्गोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०,लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ मत प्राप्त गरेका छन भने कांग्रेस बिपी पार्टीका दिपक कुमार धितालले २ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार गोबिन्द केसी २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छ्न् ।


 

More form the Internet

loading...