Suvadin, Home

आतंकवादविरुद्ध सात कानुन बनाउँदै नेपाल

उनले आतंकवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको टिप्पणी गरे। आतंकवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिए। 
गृहमन्त्री जनार्दन शर्मा।

काठमाडौं,  असार ३०–  गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन्। 

श्रीलंकाको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई  सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्ने बताएका हुन्। 

उनले आतंकवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको टिप्पणी गरे। आतंकवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिए। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरवलोकन समिति समेत गठन भएको बताउँदै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी दिए।

अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माको भनाइ छ।  


 

More form the Internet

loading...