Suvadin, Home

चिनियाँ जनमुक्ति सेनासंग अभ्यासको तयारीः
नेपाली सेना भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुने

यसैबिच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भने असोज १ गतेदेखि सैन्य अभ्यास शुरू हुने भएको छ। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो।
नेपाली सेना।

काठमाडौं, २४ भदौं – आगामी सोमबारदेखि भारतको पुणेमा हुनलागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनालार्इ सहभागी नहुन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

यसैबिच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच भने असोज १ गतेदेखि सैन्य अभ्यास शुरू हुने भएको छ। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास दक्षिण पश्चिमी चीनको सिचुवान प्रान्तको राजधानी छेङ्दुमा हुन लागेको हो।

नेपाल र चीनको संयुक्त सैन्य अभ्यास १२ दिनसम्म चल्नेछ। प्रतिआतंकवाद र विपद् व्यवस्थापनमा अभ्यास केन्द्रीत हुने भण्डारीले बताए। नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।

यसैगरि भारतीय सेनासँग हुने ‘सूर्यिकरण’ सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो। भारतको पुणेमा सोमबारदेखि हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० राष्ट्रको संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ।

दुई महिना अगाडिदेखि भारतले सैन्य अभ्यासको तयारी र छलफल सुरु गरेको थियो। नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासका दोस्रो श्रृङखला सगरमाथा फ्रेण्डसिप–२ घोषणा भएसँगै भारतले छलफल र तयारी थालेको भए पनि यसको चर्चा बिम्स्टेक सम्मेलनको उद्घाटनसँगै चुलियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन कार्यक्रममा भारतले संयुक्त सैन्य अभ्यासका प्रस्ताव राखेपछि संयुक्त सैन्य अभ्यास चर्चासँगै विवादमा घेरियो।

सैन्य अभ्यासको विषयलाई प्रमुख प्रतिपक्षी कांग्रेसका साथै सत्तापक्षका नेताहरुसमेत असन्तुष्टी जनाएका थिए। सार्वजनिक रुपमै सरकारको निर्णय विरुद्ध सत्तापक्षका सांसदहरुले संसदमै आवाज उठाए पछि अन्ततः अभ्यासमा नेपाली सेना सामेल नहुने फैसला सरकारले गरेको छ।

यसअघि पाँच जना अधिकृतसहित ३० जनाको टोली पुणे जाने तय भएको थियो। काठमाडौंमा भदौ १४ र १५ गते भएको बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रका सैनिकको संयुक्त अभ्यास हुन लागेको जानकारी दिएका थिए।


 

More form the Internet

loading...