Suvadin, Home

विप्लव समूहको बन्दले जनजीवन प्रभावित

नेपाल सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो। पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए।

काठमाडौं,३० फागुन- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको एक दिने नेपाल बन्दका कारण उपत्यका लगायत देशका विभिन्न ठाउँमा प्रभाव परेको छ। उपत्यकामा विहानैदेखि यातायातका साधन फाटफुट चलेका छन्। गाडी नचलेपछि विद्यार्थीहरु घर फर्किएका छन्। काठमाडौं उपत्यकामा कडा सुरक्षा व्यवस्थाका साथै विहानै देखि प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका छन्। 

नेपाल सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो। पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए।

विप्लवले चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए। यसैबीच नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले देशभर मशाल जुलुस निकालेका छन्।


 

More form the Internet

loading...