Suvadin, Home

Cover Image

'भोट पाउँदैमा आफूलाई सर्वेसर्वा नठाने हुन्छ’

रौतहटको गरुडामा शनिवार आयोजित प्रदेशस्तरीय आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपाप्रति लक्षित गर्दै भने, ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा कसैले पनि आफूलाई सर्वेसर्वा नठाने हुन्छ।’
फाइल फाेटाे

रौतहट, २५ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध नलाग्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्। 

रौतहटको गरुडामा शनिवार आयोजित प्रदेशस्तरीय आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपाप्रति लक्षित गर्दै भने, ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा कसैले पनि आफूलाई सर्वेसर्वा नठाने हुन्छ।’

कैलाली घटनामा आरोपी रेशम चौधरीलाई गत बुधवार जिल्ला अदालत कैलालीले दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सो सँगै तराईमा फेरी आन्दोलन गर्ने राजपा नेताहरुको तयारी छ। 

प्रधानमन्त्री ओलीले एक अर्को प्रसंगमा मुलुकमा अन्धविश्वास अझै कायमनै रहेको बताए। उनले भने, ‘अन्धविश्वासले तराईलाई अझ बढी गाँजेको छ, बोक्सीको बहानामा महिलामाथि कुटपिट गर्ने, चरम यातना दिने क्रम रोकिएको छैन।’

मुलुकमा बोक्सी नहुने र बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अपमान र यातना दिन नहुने उनको भनाई थियो।


 

More form the Internet

loading...