Suvadin, Home
Nepal life 2.241M

नियमावलीमा छलफल गर्न नेकपा सचिवालयको बैठक शुरु

बुधबारनै बस्ने बैठकले नियमावलीलाई अन्तिम रुप दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकोे सचिवालयको बैठकले पार्टीको विधान र नियमावली बिषयमा छलफल गर्दै बुधबार पुनः बैठक बसेर अन्तिम रुप दिने निर्णय गरेको थियो।

काठमाण्डौं, असार २७– नियमावलीलाई अन्तिम रुप दिन  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालयको बैठक केही बेरमा शुरु हुन लागिरहेको छ।

बुधबारनै बस्ने बैठकले नियमावलीलाई अन्तिम रुप दिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेकोे सचिवालयको बैठकले पार्टीको विधान र नियमावली बिषयमा छलफल गर्दै बुधबार पुनः बैठक बसेर अन्तिम रुप दिने निर्णय गरेको थियो।

यस अघि बसेको सचिवालय बैठले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गने जिम्मेवारी दिइएको थियो।

कार्यदलमा वामदेव गौतम , रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल रहेका छन्। कार्यदलले यस अघि बसेको स्थायी समितिको बैठले दिएको सुझावलाई आधार मानेर नियमावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ। 


 

More form the Internet

loading...