Suvadin, Home

नेपाल निर्वाचनः प्रदेश र प्रतिनिधि सभामा वाम गठबन्धनकाे दबदबा (यस्ताे छ पछिल्लाे मतपरिणाम)

पहिलाे र दाेश्राे चरणकाे प्रतिनिधि र प्रदेश सभाकाे मतपरिणाम अाउने क्रम जारी छ। प्रारम्भिक चुनावी परिणाम अनुसार वाम गठबन्धनकाे एक घटक नेकपा एमाले अग्रस्थानमा रहेकाे छ। वाम गठबन्धनकै नेकपा माअाेवादी केन्द्र दाेश्राे र नेपाली कांग्रेस तेश्राे स्थानमा देखिएकाे छ।
म्याग्दीमा विजयी जुलुसमा सहभागी एमाले र माओवादी केन्द्रका कार्यकर्ता। तस्वीरः सन्तोष गौतम/रासस

काठमाडौं, मंसिर २२ – प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै चरणकाे निर्वाचनकाे मतगणना जारी रहेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार वाम गठबन्धनकाे एक घटक नेकपा एमाले अग्रस्थानमा रहेको छ।

एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ५ ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ४८ ठाउँमा अग्रता लिएको छ। त्यस्तै, प्रदेश सभा सदस्यतर्फ ७ ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ४९ ठाउँमा अग्रता लिइरहेको छ। 

त्यस्तै, वाम गठबन्धनकै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यतर्फ एक ठाउँमा विजयी हासिल गरेकाे छ। माअाेवादी केन्द्रले १२ ठाउँमा अग्रता लिइरहेको छ। त्यस्तै, प्रदेश सभा सदस्यतर्फ ३ ठाउँमा विजयी भएको र ३७ ठाउँमा अग्रस्थानमा रहेको छ।

पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसले प्रतिनिधि सभाको सदस्यतर्फ खाता खोल्न सकेको छैन। र, १० स्थानमा अग्रता लिँदै छ। त्यस्तै, प्रदेश सभा सदस्यको निर्वाचनतर्फ २ स्थानमा विजयी हासिल गर्दै १० स्थानमा अग्रता कायम राखेकाे छ।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र तर्फबाटै एक स्थानमा प्रदेश सभामा विजयी भएका छन्।


 

More form the Internet

loading...