Suvadin, Home

नेपाल - भारत सीमा नाका बन्द हुने

स्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्येनगर गर्दै जिल्लास्तरीय  भारत नेपाल सीमा समन्वय समिति बैठकले ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि महोत्तरी , धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको हो । 
नेपाल भारत नाका। फाईल फोटो

काठमाण्डौं ,२१ जेठ– दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्येनगर गर्दै जिल्लास्तरीय  भारत नेपाल सीमा समन्वय समिति बैठकले ७२ घण्टाका लागि बन्द गर्ने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि महोत्तरी , धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको हो । 

बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमण लगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने समेत निर्णय पनि गरेको जनाईएको छ । 

नेपालका महोत्तरी , धनुषा, सिरहा र सप्तरीका प्रजिअ सहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको टोली सहितको बैठक बसेको थियो । आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गरेका महोत्तरीका प्रजिअ वीरेन्द्रकुमार यादवले जानकारी दिए । 

अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा भूमीका खेल्ने जनाईएको छ ।


 


 

More form the Internet

loading...