Suvadin, Home

४० वर्षदेखि डेरामै बस्दैछन् लालबाबु, गर्छन् जनताका पक्षमा 'बोल्ड' निर्णय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डितले ४४ वर्षको उमेरमा अन्तरजातीय विवाह गरेको हुन्। वि.सं. २०५९ सालमा बिमला महतसँग लालबाबुको विवाह भएको हो। पटक–पटक सांसद र मन्त्री भएपनि लालबाबुको जीवनशैलीमा कुनै परिवर्तन भएको छैन। सादा जीवन उच्च विचारका धनी लालबाबु अहिले पनि काठमाडौंमा डेरामै बस्छन्। 
लालबाबु पण्डित।

उकिता दाहाल, काठमाडौं, १ वैशाख – केन्द्रीकृत राज्य व्यवस्थाबाट मुलुक संघात्मक ढाँचामा गएको छ। अहिले यसको कार्यान्वयनका विषयमा तीब्र बहस भइरहेको छ।

सबैभन्दा ठूलो बहस कर्मचारी परिचालनमै केन्द्रित छ। पहिलो काम पनि यही नै हो। त्यसैले धेरै कामको जिम्मेवारी छ अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाथि।

‘चुनौति धेरै छन्, पार लगाउन निकै मिहेनत गर्नुपर्छ, असम्भब चाहिँ छैन,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डितले शुक्रबार साँझ शुभदिनसँग भने, ‘अबको १५ दिनभित्रै सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’

मन्त्री पण्डित आफ्ना योजना कार्यान्वयनमा जिम्मेवार र कटिबद्ध छन्। उनले प्रष्ट खाका बनाएरै काम गरिरहेका छन्। उनको भाषा पनि प्रष्ट छ, ‘सरकारले रोजेको स्थानमा पठाउने नीति अवलम्बन गरेकाले राष्ट्रसेवक कर्मचारी भएर जान्न भन्नेलाई सधैँका लागि बिदा गरिने छ, यसमा तलमाथि हुँदैहुन्न।’

मोरङ क्षेत्र नम्बर–६ बाट ३३ हजार ९ सय ४१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् पण्डित। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग पण्डितले चुनावी प्रतिस्पर्धा गरेका थिए। र, लोकप्रिय मतका साथ उनी विजयी भए।

चुनौतिका पहाड छिचोल्दैछन् पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डितलाई जोखिम मोल्ने नेताका रुपमा आम मानिसले स्मरण गर्छन्। अहिले पनि उनले सम्हालिरहेको मन्त्रालय निकै महत्वपूर्ण छ। त्यसैले पण्डितले अब गर्ने काम यसरी सूची नै बनाएका छन्ः 

१, राष्ट्रिय सभादेखि वडा सदस्यसम्म समन्वयकारी भूमिका निभाउने। कर्मचारीको व्यवस्थापन गर्ने। 

२, पहिलेका संरचनाहरुलाई नयाँ संरचनामा रुपान्तरण गर्ने। प्रदेश, नगरपालिका र गाउँपालिकासम्म राज्यसँग भएको श्रोतसाधनसहितको संचरना निर्माण गर्ने।

३, स्थानीय श्रोतसाधन परिचालन गर्ने। त्यसको पहुँच सबै क्षेत्र, वर्ग, लिंग, समुदायका मानिसबीच पुर्याउने।

४, समाजमा अझै पनि उत्पीडनमा परेका वा पारिएका वर्गलाई सामाजिक तथा आर्थिक श्रोतमा पहुँच पुर्याउने।

५, राष्ट्रिय हीत र आवश्यकताअनुसार योजना तर्जुमा र कार्यान्वयन गर्ने।

६, विकासका कार्यलाई तीव्रता दिएर समृद्धि हासिल गर्दै विदेशमा रहेको युवा जनशक्तिलाई नेपाल फर्काउने।

७, प्रशासनीय कार्यलाई जनमैत्री बनाउने र काममा तीव्रता दिने। 

चुनौतिका पहाडहरुलाई पन्छाउँदै अघि बढ्ने बानी परिसकेका छन् लालबाबु पण्डित। मन्त्री बन्नुभन्दा पहिले उनले संसदमा प्रवेशका लागि पनि निकै संघर्ष गर्नुपर्यो।

मोरङ क्षेत्र नम्बर–६ बाट ३३ हजार ९ सय ४१ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् पण्डित। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग पण्डितले चुनावी प्रतिस्पर्धा गरेका थिए। र, लोकप्रिय मतका साथ उनी विजयी भए।

यसरी शुरु भयो, पण्डितको पछिल्लो पटकको संसद यात्रा। र, फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले पण्डित र थममाया थापालाई मन्त्रीमा नियुक्त गरे। अनि पण्डित नयाँ यात्रा प्रारम्भ भयो। उही उत्साहका साथ पण्डित मन्त्रालय पुगे। र, शुरु गरिहाले आफ्नो काम।

पण्डितले कर्मचारीको मनपरीमा ठेगान लगाउनकै लागि कुटनीतिक भ्रमणबाहेक विदेश जान रोक लगाए। जनप्रतिनिधिलाई पनि विशिष्ट कूटनीतिक भ्रमणबाहेकका सबै भ्रमण रोके। ‘सरकारी अनुमति नलिई कोहीपनि कुनै बहानामा अब विदेश जान पाउँदैन,’ मन्त्री पण्डित शुभदिनसँग भने, ‘अब पनि नसुध्रिए बिदा गर्छौं।’

पार्टीका महासचिव मदन भण्डारीकै सुझावमा पण्डितले माउँ पार्टीबाटै राजनीतिक यात्रा अघि बढाए।

काम गर्दा–गर्दै जेलको यात्रा

नेकपा एमालेका प्रभावशाली नेता लालबाबु पण्डितको जन्म वि.सं. २०१५ मंसिर १९ मा सर्लाही जिल्लाको एक विपन्न परिवारमा भएको हो। आर्थिक रुपमा विपन्न उनको परिवार दुई छाक खानका लागि पनि संघर्ष गरिरहेको हुन्थ्यो। तर, संघर्षकै मैदानबाट अघि बढ्दै पण्डित अहिले राष्ट्रलाई समृद्धिका यात्रामा डोहोर्याउने अभिभारा बहन गर्न आइपुगेका छन्।

अध्ययनमा लगनशील पण्डितले पाल्पाको तानसेनस्थित पद्म पब्लिक स्कूलबाट एसएलसी पास गरेका हुन्। उनी एसएलसीपछि वि.सं. २०३५ सालमा बालाजु औद्योगिक क्षेत्रमा यन्त्रशालामा जागिरे भए, प्राविधिक जागिर खाँदै वाम आन्दोलनमा सामेल भए।

औद्योगिक क्षेत्रको कामसँगै तत्कालीन नेकपा मालेको संगठन विस्तारमा पण्डित सक्रिय भए। त्यति बेला धेरै पटक पक्राउ  परे। उनी १३ महिनासम्म जेल बसे। तर, निरन्तर रुपमा राजनीतिमा सक्रिय चाहिँ रहिरहे। 

वि.सं. २०३९ सालको कुरा हो, लालबाबु पण्डित मोरङ गए। र, उनले भूमिगत राजनीति शुरु गरे। वामपन्थी पार्टीहरु भूमिगत रहँदा उपनामहरु जोड्ने गर्छन्। लालबाबुले पनि भूमिगत राजनीतिक कार्यकर्ताका रुपमा आफूलाई श्रवणकुमार र रामेश्वर रायका नामले परिचय गराएको स्मरण गरे। तत्कालीन पञ्चायती सत्ताहरु लुकामारी खेल्दै वामआन्दोलनलाई निर्णायक मोडमा पुर्याउन पण्डितले महत्वपूर्ण योगदान दिएका छन्।

पण्डित औद्योगिकमा रहेका बेला नेपाल स्वतन्त्र मजदुर युनियनको सभापति भएका थिए। तत्कालीन नेकपा मालेको भ्रातृ संगठन जिफन्टको स्थापना गरे मजदूर आन्दोलनलाई अझै सशक्त बनाउन पहल गरे। पार्टीका महासचिव मदन भण्डारीकै सुझावमा उनले माउँ पार्टीबाटै राजनीतिक यात्रा अघि बढाए।

प्रजातन्त्रपछि पण्डितको यात्रा

भूमिगतकालमा मोरङसहित पूर्वका विभिन्न जिल्लामा सक्रिय राजनीति गरेका कुशल संगठक लालबाबु पण्डित त्यस क्षेत्रका जनतामाझ लोकप्रिय थिए। त्यसैको बदौलत प्रजातन्त्र स्थापना भएपश्चात भएको प्रतिनिधि सभा निर्वाचन–२०४८ मा मोरङबाट निर्वाचित भए। उनको विजयी यात्रा वि.सं. २०५६ सालको आम निर्वाचन जारी रह्यो। 

लालबाबु पण्डित संविधानसभा–२०६४ मा समानुपातिक सदस्य भएका थिए। तर, २०७० मा चुनाव लडेनन्। २०७० सालमा लालबाबु सांसद नभएपनि सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारको सामान्य प्रशासनमन्त्री बने। त्यति बेला उनले गरेको केही दीर्घकालीन निर्णयले नै लालबाबुलाई नेपाली राजनीतिका हिरोको रुपमा स्थापित गर्यो।

भूमिगत जीवनपछि बहुदलीय व्यवस्था आएपछि लालबाबु पण्डित मालेको पूर्वी मोर्चाका कमाण्डर भए। वि.सं. २०४४ सालतिरै मोरङ जिल्ला कमिटीमा रहेका पण्डित अञ्चल कमिटीमा रहँदै केन्द्रीय कमिटीमा पुगे। एमाले पोलिटब्युरो रहेका पण्डितले सुकुम्बासी समस्या समाधान आयोग तथा पार्टीका विभिन्न विभागको नेतृत्व गरिसकेका छन्।

राष्ट्रसेवक निजामती कर्मचारीहरुले कुनै देशको डिभी र पिआर लिनै नपाउने व्यवस्था लालबाबुले नै गराएका हुन्। त्यसका लागि आवेदन गर्न पनि नपाइने व्यवस्था उनले गरे। डिभी र पिआरधारी सरकारी कर्मचारीहरुलाई दुईमध्ये एक रोज्न लगाए। यसको विरोध पनि भयो। तर, ऐन नै बनिसकेपछि कार्यान्वयनको विकल्प नै रहेन। 

४४ वर्षको उमेरमा विवाह, अझै पनि डेरामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डितले ४४ वर्षको उमेरमा अन्तरजातीय विवाह गरेको हुन्। वि.सं. २०५९ सालमा बिमला महतसँग लालबाबुको विवाह भएको हो।

पटक–पटक सांसद र मन्त्री भएपनि लालबाबुको जीवनशैलीमा कुनै परिवर्तन भएको छैन। सादा जीवन उच्च विचारका धनी लालबाबु अहिले पनि काठमाडौंमा डेरामै बस्छन्। 

डिभी र पिआरधारीहरुको तारो!

वि.सं. २०७० सालमा सामान्य प्रशासनमन्त्री भएपछि लालबाबु पण्डितले निजामती सेवा ऐन–२०४९ संशोधन गराए। ऐन संशोधनले विशिष्टिकरण अनुसार सम्बन्धित क्षेत्रकै व्यक्ति सम्बन्धित मन्त्रालयको सचिव बन्ने व्यवस्था गर्यो।

दोश्रो, राष्ट्रसेवक निजामती कर्मचारीहरुले कुनै देशको डिभी र पिआर लिनै नपाउने व्यवस्था लालबाबुले नै गराएका हुन्। त्यसका लागि आवेदन गर्न पनि नपाइने व्यवस्था उनले गरे। डिभी र पिआरधारी सरकारी कर्मचारीहरुलाई दुईमध्ये एक रोज्न लगाए। यसको विरोध पनि भयो। तर, ऐन नै बनिसकेपछि कार्यान्वयनको विकल्प नै रहेन। 

तेश्रो, सरकारी सेवामा रहेका व्यक्तिलाई निजी क्षेत्रका जागिरे बन्न बन्देज गरियो। सरकारी सेवामा रहेकाले निजीमा जागिर खाए सेवाबाट निकाल्ने व्यवस्था गराए पण्डितले। 
पढ्नका लागि कुनै देशमा गएका सरकारी कर्मचारीलाई त्यही देशमा बस्ने प्रवृत्ति अन्त्य गर्नका लागि पढाई सकिएको ३० दिनमै नेपाल फर्कनुपर्ने व्यवस्था गरे।

‘देश छोडेर भाग्न खोज्ने कर्मचारीहरुलाई जिम्मेवार बनाउन योभन्दा अर्को उपाय नै छैन,’ लालबाबुले भने, ‘आफ्नो देशप्रति सम्मान गर्ने हामीले नै हो, देश स्वर्गजस्तो बनाउने पनि हामीले नै हो, दोहोरो नागरिकता लिने अधिकार कसैलाई छैन, राष्ट्रसेवकलाई त झनै छैन।’

मन्त्री पण्डितले सकारात्मक बाटोतर्फ लाग्न आह्वान गर्दै मुलुकमा देखिएको निरासा चिर्ने उद्घोष गरेका छन्। रामायणको प्रसंग उल्लेख गर्दै पण्डितले भने, ‘लक्ष्मणलाई तीर लागेपछि संकटमोचनको जिम्मा हनुमानले लिएका थिए, अहिले मुलुकको संकटमोचनको जिम्मा चाहिँ हामीले लिएका छौं।’


 

More form the Internet

loading...