Suvadin, Home

Cover Image

कोरोना रोकथाममा सरकार संवेदनशील नभएको तरुण दल र नेविसंका नेताको  आरोप

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरूले कोरोना रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरूले कोरोना रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।

तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन् । विज्ञप्तिमा आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि सरकार नागरिकप्रति संवेदनशील नभएको आरोप लगाइएको छ ।

संकटको समयमा स्वास्थय सामग्री खरिदमा मन्त्री नै कमिसनको खेलमा लागेको तर यस विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीरताका साथ नलिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने बेलामा स्वास्थ्य सामग्री खरिदमा स्वार्थबस ठेक्का दिँदा शंकास्पद व्यक्तिहरुको परीक्षणमा ढिला भएको उनीहरूको दाबी छ ।


 

More form the Internet

loading...