Suvadin, Home
Nepal life 3.22M

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।

काठमाडौं, २२ पुस – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्।  बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

विगत चार महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो। छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो।


 

More form the Internet

loading...