Suvadin, Home

गृहमन्त्रीले गृहमन्त्रीलाई सोधे- हाम्रो सभापतिको हात भाँच्नेलाई कहिले पक्राउ गर्ने ?

नेपाली कांग्रेसका सांसद गगन थापाले बाँके  घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आपत्ति जनाएका छन् ।

काठमाडौं  । नेपाली कांग्रेसका सांसद गगन थापाले बाँके  घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले आक्रोस पोखेका हुन् ।

उनले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै भने- 'सरकारले तथ्यलाई तोडमोड गर्ने, अपराधीको नाम लुकाउने कार्य गरिरहेको छ । जुन आपत्ति जनक छ । कांग्रेसलाई यस्तो स्वीकार्य हुँदैन ।'

बाँकेको घटनाको दोषीलाई कारवाही नगर्ने बेला संसद चल्न नदिने भन्ने आफूहरुको मागलाई शीर्ष नेताहरुले ‘सरकारलाई अफ्ठेरोमा नपारौ, सरकारले जवाफ दिन्छ’ भनेर रोकेको तर सरकार भने तथ्य तोडमोडमा लागेको उनको भनाई थियो ।

थापाले कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपाका नेतालाई कहिले पक्राउ गर्नुहुन्छ भन्दै गृहमन्त्री थापालाई प्रश्‍नसमेत गरेका थिए । 

नेपाली कांग्रेसको छाया सरकारका गृहमन्त्री दिलेन्द्र बडूले घटनामा नेकपाका वडा अध्यक्ष सुमन मल्ल संलग्न रहेको भन्दै उनलाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘किटानी जाहेरी दिएको व्यक्तिलाई कारवाही हुन्छ कि हुँदैन’, उनले भने ।


 

More form the Internet

loading...