Suvadin, Home

प्रजातन्त्र विरोधी हातमा मुलुक गयो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातन्त्र विरोधीको हातमा मुलुक गएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियनले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेस कमजोर हुँदै जाँदा मुलुक प्रजातन्त्र विरोधीको हातमा गएको बताएका हुन् ।  

काठमाडौं ।  ko

कम्युनिस्ट शक्तिले बहुदलसँग जोडेर बहुदलीय जनवाद भनेर जनतालाई भ्रममा पार्ने काम गरेको उनको टिप्पणी छ । ‘हामी लोकतन्त्रका प्रत्येक अक्षर, धारामा कसरी त्यसकै लागि लड्यौं त्यसको इतिहास साक्षी छ,’ पौडेलले भने, ‘स्वतन्त्र न्यायपालिका लागि लड्नुपर्‍यो । प्रचण्ड, माधवजीहरुलाई प्रजातन्त्र किन चाहियो र ? उहाँहरु जातीय मुद्दामा बढी लड्नु भयो ।’ 

उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रलाई समेत खुम्च्याउन खोजेको आरोप लगाए । अभिव्यक्ति स्वतन्त्रताका लागि नै  आफू जीवनभर लडेको बताउँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि अहिलेको समस्या भनेको विरोधाभास बताए । 

कांग्रेस स्थापनादेखि नै लोकतन्त्र, स्वतन्त्रता र अभिव्यक्तिका लड्दै आएको नेता पौडेले बताए । पौडेलले लोकतन्त्र बचाउन प्रेसले खेलेको भूमिकाको प्रसंसा समेत गरेका थिए ।
 


 

More form the Internet

loading...