Suvadin, Home

Cover Image

आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : नेता महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् ।

धरान । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताएका छन् ।

धरान उपमहानगरपालिकाले बुधवार धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले उक्त कुरा बताएका हुन् । कांग्रेसमा ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भए कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या नहुने दाबी गरे। 

सरकार जनता प्रती असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको भन्दै जनतालाई नडराईकन आफ्ना असन्तुष्टि बाहिर ल्याउनसमेत उनले आग्रह गरेका थिए ।  सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको उनको आरोप थियो । 

केपि ओलि नेतृत्व सरकारको २ बर्षे कार्यकालको मुल्यांकन गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारको दुई बर्षले सरकार कुरा गर्न सफल र काम गर्न असफल भनेर प्रमाणित गरेको जिकिर गरे।


 

More form the Internet

loading...