Suvadin, Home

Cover Image

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको कांग्रेसको ठहर

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको निस्कर्ष निकालेको छ ।

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा मंगलबार बसेको पदाधिकारी बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको निस्कर्ष निकालेको छ । बैठकले अनियमितताको गम्भीर छानबिन गरी दोषिलाई कडा कारबाही गर्नसमेत माग गरेको छ ।

कांग्रेसले कोरोनाभाइरस नियन्त्रणमा सरकारले पाएको पर्याप्त समयलाई उपलब्धिमूलक बनाउन नसकेको कांग्रेसको आरोप छ । मुलुकमा संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको विश्लेषण अवस्थामा सरकारको तयारी प्रयाप्त नभएको कांग्रेसको आरोप छ ।

कांग्रेसले कोरोना परिक्षणको दायरा फराकिलो बनाउन पनि सरकारसँग माग गरेको छ । ‘पीपीई’, परीक्षण किट, भेन्टिलेटरलगायतका अत्यावश्यक सामग्रीको अभाव देखिएकाले तत्काल व्यवस्थापन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संकटको घडीमा अहोरात्र खटिने सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न माग गर्दै संकटको घडीमा सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।


 

More form the Internet

loading...