Suvadin, Home

सांसद विकास कोष सदाका लागि खारेज गरौं : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त माग गरेको हो । 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी बजेटमा सांसद विकास कोष सदाका लागि खारेज गर्न माग गरेको छ । बुधबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त माग गरेको हो । 

स्थानीय, प्रदेश र केन्द्र सरकारले विकास, निर्माणका कामहरू गर्ने भएकोले अब सांसदका नाममा बजेट दिइरहनु नपर्ने निष्कर्ष कांग्रेसले निकालेको हो ।

कोरोना महामारीले आर्थिक अवस्था कमजोर बनाएकाले बजेटबाट यस्ता कार्यक्रम हटाउनु पर्ने कांग्रेसले जनाएको छ । ‘सांसद विकास कोष नीति नै खारेज गर,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको छ, ‘यस्ता बजेटका नीति नै खारेज गर्नुपर्छ।’

जनप्रतिनिधिहरू नभएको अवस्थामा सांसदबाट पनि विकास निर्माणका काम गर्न सकिने भन्दै त्यसबेला सांसद विकास कोषको आवश्यता ठनिएको भएपनि अहिले भने त्यस्तो अवस्था नरहेको कांग्रेसको निष्कर्ष छ ।


 

More form the Internet

loading...