Suvadin, Home
Citizen Bank 447.3k

Cover Image

कांग्रेसमा अबदेखि १३ केन्द्रीय पदाधिकारी

एक सातादेखि राजधानीमा कांग्रेस महासमिति बैठक बसेपनि पदाधिकारी संख्या मनोनित राख्ने कि निर्वाचित भन्नेमा नेताहरुबीच विवाद थियो।

काठमाडाैं, ६ पुस – नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री राख्ने गरी सहमति गरेको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने सहमति भएको हो। एक सातादेखि राजधानीमा कांग्रेस महासमिति बैठक बसेपनि पदाधिकारी संख्या मनोनित राख्ने कि निर्वाचित भन्नेमा नेताहरुबीच विवाद थियो।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेताहरुबीच नयाँ सहमति भएको बताए। अब कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३ पुगेको छ। यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि उक्त सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको थिएन।

अब केहीबेरमा पार्टी कार्यालयमा बन्द सत्र सुरु हुने पौडेलले बताए। खाना खाने समयमा केन्द्रीय कार्यसमिति बैठक राखेर उक्त सहमति पारित गरेपछि विधान छपाउन पठाइने कांग्रेसले जनाएको छ।


 

More form the Internet

loading...