Suvadin, Home

Cover Image

नेकपाले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनायो : कांग्रेस

सरकारले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सभामुख चयनका कारण प्रतिनिधिसभा बैठक अघि बढ्न नसकेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

काठमाडौं । सरकारले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सभामुख चयनका कारण प्रतिनिधिसभा बैठक अघि बढ्न नसकेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको हो । आइतबार प्रवक्ता विश्‍वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमार्फत नेकपाको भुमिका प्रति असन्तुष्टि जनाइएको छ । 

'३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ',  विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएर हिउँदे अधिवेशन प्रभावित नपार्न नेकपालाई कांग्रेसको आग्रह छ । 

पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन पटक पटक स्थगित भएको छ । सभामुख चयनका लागि सत्तारुढ नेकपाभित्र अझै सहमति हुन सकेको छैन ।


 

More form the Internet

loading...