Suvadin, Home

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बिहान संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बिहान संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

संसदीय दलका नेता बालकृष्ण खाँडले सभामुखको लागि उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिएका छन् । माघ १२ गते हुने सभामुख पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्य तालिका छ । 

सत्तारुढ नेकपाका उम्मेखवार अग्निप्रसाद सापकोटाले भने सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मण लाल कर्ण, ओनसरी घर्तीमगर र देव गुरुङ रहेका छन् ।


 

More form the Internet

loading...