Suvadin, Home

नेविसंघको १२७ सदस्यीय तदर्थ समित बनाउने शिर्ष नेतृत्वमा सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शिर्ष नेताहरू बीच भएको नेपाल विद्यार्थी संघको १ सय २७ सदस्यीय तदर्थ समिति बनाउने सहमति बनेको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शिर्ष नेताहरू बीच भएको नेपाल विद्यार्थी संघको १ सय २७ सदस्यीय तदर्थ समिति बनाउने सहमति बनेको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलसहितका नेताहरूको छलफलले उक्त सहमति गरेको हो । 

तदर्थ समितिमा सबैलाई समेटेर लैजाने निर्णय भएको बताइएको छ । तदर्थ समितिमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सिफारिश गरेका नामहरू रहनेगरी सहमति बनाइएको हो । नेविसंघ लामो समययता नेतृत्वविहिन छ ।


 

More form the Internet

loading...