Suvadin, Home

चुनावी सरगर्मी
कांग्रेसकाे चुनावी माेर्चाः नयाँ शक्तिलार्इ २ सिट, राप्रपालार्इ एक सिट

कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुई वटा निर्वाचन क्षेत्र पाएको छ। राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ। नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नम्बर-२ र रसुवामा उम्मेदवार रहने छन्। राप्रपा प्रजातान्त्रिकले पशुपतिशमशेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक।

काठमाडौं, कात्तिक ५ – नेपाली कांग्रेसले आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुने ३२ जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। 

कांग्रेसले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (प्रजातान्त्रिक)सँग चुनावी तालमेल गरेर उम्मेदवार टुंगो लगाएको केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिएका हुन्। 

उम्मेदवारको टुंगो लगाउन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु आज साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए। 

स्रोतका अनुसार कांग्रेससँग चुनावी तालमेल गरेको नयाँ शक्ति नेपालले दुई वटा निर्वाचन क्षेत्र पाएको छ। राप्रपा प्रजातान्त्रिकले एउटा मात्र निर्वाचन क्षेत्र पाएको छ । 

नयाँ शक्ति नेपालबाट गोरखा क्षेत्र नम्बर-२ र रसुवामा उम्मेदवार रहने छन्। राप्रपा प्रजातान्त्रिकले पशुपतिशमशेर राणालाई सिन्धुपाल्चोक–२ मा कांग्रेससँगको तालमेलमा उम्मेदवारी दिने भएको छ। 

राप्रपा र संघीय समाजवादी फोरमले प्रदेशसभा सदस्यमा मात्र उम्मेदवारी दिने बताइएको छ। कांग्रेसले जनतामाझ लोकप्रिय तथा निर्वाचनमा जीत हासिल गर्न सक्ने कर्मठ, संघर्षशील र त्यागी व्यक्तिलाई उम्मेदवार बनाएको नेता महतले बताएका छन्।


 

More form the Internet

loading...