Suvadin, Home
Nepal life 3.22M

सभापति देउवाले दिए आन्दोलनमा जाने चेतावनी

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार कांग्रेस पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कर्मचारीतन्त्रलाईसमेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गरे। उनले त्यसविरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिन बाध्य हुने पनि स्पष्ट पारे।
फाइल फाेटाे

काठमाडौं, १६ पुस – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रिय एकता र मेलमिलाप नचाहेको आरोप लगाएका छन्।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार कांग्रेस पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले कर्मचारीतन्त्रलाईसमेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गरे। उनले त्यसविरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिन बाध्य हुने पनि स्पष्ट पारे।

कर्मचारीको खिलाफमा सरकारले अध्यादेश ल्याएको भन्दै सभापति देउवाले भने, 'अब सेना र प्रहरीलाई पनि सरकारले पार्टीकरण गर्नेछ।’

सभापति देउवाले मुलुकमा विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।


 

More form the Internet

loading...