Suvadin, Home

कर्णालीको विकासका लागि नयाँ अवधारणा
विकास र समृद्धिले कर्णालीलाई जोड्ने कांग्रेस युवा नेता राेकायाकाे उद्घाेष

नेपाली कांग्रेसका युवा नेता ठानबहादुर रोकायाले कर्णालीको विकास र समृद्धिको आधार तयार गर्नका लागि विशेष अवधारणा सार्वजनिक गरेका छन्। रोकायाले मुलुकको आर्थिक विकासका लागि अब कर्णालीले अगुवाई गर्ने जनाउँदै विकासको एजेण्डा घोषणा गरेका हुन्। 
नेपाली कांग्रेसका युवा नेता ठानबहादुर रोकाया।

काठमाडौं, कात्तिक २ – नेपाली कांग्रेसका युवा नेता ठानबहादुर रोकायाले कर्णालीको विकास र समृद्धिको आधार तयार गर्नका लागि विशेष अवधारणा सार्वजनिक गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युवा नेता रोकायाले मुलुकको आर्थिक विकासका लागि अब कर्णालीले अगुवाई गर्ने जनाउँदै विकासको एजेण्डा घोषणा गरेका हुन्। 

नेता रोकायाले कर्णालीलाई आधारभूत आवश्यकता पूरा गरी विकासको बाटोमा अघि बढाउनु पर्नेमा जोड दिएका हुन्। हुम्ला प्रदेशसभा क्षेत्र नम्बर ‘क’का लागि नेपाली कांग्रेसका उम्मेदवार रहका बौद्धिक नेता रोकायाले प्रदेश नम्बर–६ का सबै जिल्लालाई सडक सञ्जालले जोड्नुपर्ने उल्लेख गरे।

अहिलेसम्म यातायातसेवा नपुगेको हुम्ला जिल्लालाई सडकको सञ्जालले जोडेर त्यहाँका कृषि उत्पादन र जडिबुटी प्रशोधन गरी बजारसम्म पुर्याउने आधार तयारी गर्नुपर्ने नेता रोकायाको जोड छ। 

युवा नेता रोकायाले युवापुस्तालाई अबको नेतृत्व हस्तान्तरण गरेर देशको विकासको ढोका खोल्नुपर्नेमा जोड दिए। उनले हुम्लामा होमस्टे तथा आर्थिकोपार्जनको नयाँ स्रोतको पहिचान गर्नुपर्ने बताएका छन्।


 

More form the Internet

loading...