Suvadin, Home

कांग्रेस नेता उप्रेतीको निधन

नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लोकतान्त्रिक आन्दोलनमा स्व.उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्व.उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी छन्। स्व.उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

काठमाडौं, २६ कात्तिक – नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ। 

नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लोकतान्त्रिक आन्दोलनमा स्व.उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

स्व.उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी छन्। स्व.उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। उप्रेतीको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काङ्ग्रेसले जनाएको छ। 


 

More form the Internet

loading...