Suvadin, Home

नेपाल विद्यार्थी संघको महाधिवेशनबारे कांग्रेसले गर्यो यस्तो निर्णय

बैठकले नेविसंघको महाधिवेसनका लागि भएको कार्ययोजना निर्देशक समितिलाई दश दिनभित्रै बुझाउन पनि निर्देशन दिएको छ। नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको घरमा बसेको निर्देशक समितिको बैठकले भदौ २ सम्म वर्तमान कार्यसमितिको कार्यकाल रहने टुङगो लगाउदै कार्ययोजना मागेको हो।

काठमाडाैं, २३ साउन – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद आगामी भदौ २ गतेसम्म तोकिएको छ। आज बसेको निर्देशक समितिको बैठकले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो। बैठकले नेविसंघको महाधिवेसनका लागि भएको कार्ययोजना निर्देशक समितिलाई दश दिनभित्रै बुझाउन पनि निर्देशन दिएको छ। 

नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको घरमा बसेको निर्देशक समितिको बैठकले भदौ २ सम्म वर्तमान कार्यसमितिको कार्यकाल रहने टुङगो लगाउदै कार्ययोजना मागेको हो।

विशेष परिस्थितिमा तीन महिना अवधि बढाउन सक्ने प्रावधान अनुसार तीन महिनामा अधिबेसन गर्ने आधार पेश गर्न निर्देशक समितिले अध्यक्ष नैनसिंह महरालाई निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन्। 

संघको १२ औं महाधिवेसनका विषयलाई लिएर आन्तरिक विवाद भएपछि निर्देशक समितिको बैठक बसेको हो। 
 


 

More form the Internet

loading...