Suvadin, Home

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ।

काठमाडौं, ७ मंसिर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९ गते आइतबार बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए। मुख्यसचिव पाैडेलले भने, 'महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ।' 

बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ। यसअघि उक्त बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो। बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ।


 

More form the Internet

loading...